Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जनसवाल दैनिकको १८ औँ वार्षिकोत्सव सम्पन्न

जनसवाल दैनिकको १८ औँ वार्षिकोत्सव सम्पन्न

दैनिकी न्यूज

७, भाद्र २०८१
जनसवाल दैनिकको १८ औँ वार्षिकोत्सव सम्पन्न
images

काठमाडौँ । जनसवाल पब्लिकेशन प्रालिद्वारा प्रकाशित ‘जनसवाल राष्ट्रिय दैनिक’को १८ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनसवालका शभेच्छुकहरुको सहभागितामा राजधानीको दरवारमार्गस्थित एक रेस्टुरेन्टमा एक कार्यक्रमका बिच वार्षिकोत्सव सम्पन्न गरिएको हो ।

वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा, नेकपमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचन्ड',नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेललगायतबाट प्राप्त लिखित शुभकामना बाचन गरिएको थियो । उनीहरुले जनसवाल दैनिकको उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दै नाम अनुसारको काम गर्न आग्रह गरे।

वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधिसभा सदस्य उर्मिला माझी, साउदी अरबका लागि प्रस्तावित राजदूत डा. नरेशविक्रम ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा, एनआरएनएका पूर्वअध्यक्ष रविना थापा, पूर्व प्रवक्ता सोम सापकोटा, एनआरएनए मध्यपूर्व सहसंयोजक रमेश श्रेष्ठ, एनआरएनए युरोप सहसंयोजक भीमसेन थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिल बहादुर भण्डारी, महासचिव रोशन पुरी, लेखा समितिका संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य रामकृष्ण पौडेल, ज्ञान प्रसाद पौडेल, पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिस रोका, वरिष्ठ पत्रकार मनऋषि धिताल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल, प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहाल, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदी, वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्धव भट्टराई, नेपाली व्यवसायी सङ्घ कतारका सचिव एवम् अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघका केन्द्रीय उपाध्यक्ष पूर्ण पोखरिया, व्यवसायी चन्द्र वाइबा, दिपेन्द्र थापा, विकास गुरुङ, सन्तोष कोइराला, अशोक गिरी, दीपक न्यौपाने, जीवन कुमार केसी, नरेन्द्र अधिकारी, किरण गैरे, पत्रकारहरू राजकुमार सिग्देल, होम कार्की, अनिल अधिकारी, राजु सुवेदी, रामचन्द्र पोखरेल, रामचन्द्र खड्का, कविराज ढकाल, दीपक पुडासैनी, गणेश प्रसाद बन्जाडे, , कलाकार रमेश दुलाललगायतको सहभागिता रहेको थियो ।

पत्रिकाका अध्यक्ष तथा सम्पादक रामजी बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले वर्तमान अवस्थामा प्रिन्ट मिडिया संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला जनसवालले निरन्तर १८ वर्ष पार गर्नु महत्त्वपूर्ण भएको बताउँदै आगामी दिनमा थप प्रगतिका लागि काम गर्ने बताए । यस्तै जनपक्षीय पत्रकारिताका साथै एनआरएनए,वैदेशिक रोजगार,रेमिटेन्सको विषयलाई महत्वका साथ जनसवालले उठाइरहेको सो क्रममा उनले बताए।

e28fbfa9-fab7-41fe-9298-7133186e891b.jpeg

यस्तै संघिय सांसद उर्मिला माझीले जनसवालले जनताका मुद्दालाई प्राथमिकता दिएकोमा खुसी लागेको उल्लेख गर्दै असल समाज निर्माणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताइन्। उनले आगामी दिनमा पत्रिकाले जनजीविकाका मुद्दालाई प्राथमिकता दिँदै समाजलाई सही दिशामा डोहोरयाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

36e2e945-231e-491a-b202-e9b09b194fb6.jpeg

यसैगरी साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत ढकालले रामजी बगालेको नेतृत्वमा जनसवालले प्रवासका मुद्दालाई निरन्तर उठाइरहेको भन्दै आभार प्रकट गरे । आफू विगतमा कतारको राजदूत हुँदा पनि जनसवालसँग हातेमालो गरेरै अघि बढेको उल्लेख गर्दै आगामी यात्रामा पनि यसैगरी अघि बढ्न चाहेको र सबैसँग सहकार्य हुने विश्वास व्यक्त गरे । उनले जनसवालको १८ औँ वार्षिकोत्सवको अवसरमा आफू सहभागी हुन पाउँदा खुसी लागेको भन्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।

यसैगरी एनआरएनएकी पूर्वअध्यक्ष रविना थापाले एनआरएनएको हरेक अभियानमा जनसवालले अग्रस्थानमा रहेर समाचार सम्प्रेषण गरेको भन्दै यसका सम्पादक बगाले प्रवासका नेपालीहरूको सुख दुखको सारथि बनेको उल्लेख गरिन । उनले प्रवासका विषयमा थप उजागर गर्दै अघि बढ्न समेत शुभकामना दिइन ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समग्र विषय जनसवालले उठान गरिरहेको भन्दै अर्थतन्त्रलाई सकारात्मक दिशामा डोहोरयाउन पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले १८ वर्षसम्म प्रिन्ट मिडिया सञ्चालन गर्न सफल भएकोमा शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिदै सहकार्य गरेर अगाडि बढ्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मलहोत्राले जनसवालको १८ औँ वार्षिकोत्सवको अवसरमा आफू सहभागी हुन पाउँदा खुसी लागेको भन्दै उत्तरोत्तर प्रगतिको कामना गरे । उनले जनसवालसङ्ग बिगतमा पनि सहकार्य गरेर अगाडी बढेको र भबिष्यमा पनि सहकार्य गर्ने जनाउदै जनसवालले समाजमा धेरै उदाहरणीय कार्यहरु गरेको बताए ।

नेपाल वैदेशिक रोजगार ब्यावसायी संघका अध्यक्ष राजेन्द्र भन्डारीले जनसवाल दैनिकको १८ औँ वार्षिकोत्सवको अवसरमा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दै जनसवालसङ्ग बिगतमा पनि आफु,बैदेशिक रोजगार ब्याबसायीहरु र बैरो संघसँग सहकार्य गरेर अगाडी बढेको र भबिष्यमा पनि सहकार्य गर्ने बताए । जनसवालले समाजमा ऎना बनेर बैदेशिक रोजगारको क्षेत्रमा र प्रवासमा रहेका नेपालीहरुको लागि धेरै उदाहरणीय कार्यहरु गरेको जनाउदै भन्डारीले भबिष्यमा जनसवालबाट अझै धेरै आशा गरेको बताए । अध्यक्ष भन्डारीले बैदेशिक रोजगार ब्यावसायलाई पारदर्शी, ब्यबस्थित, मर्यादित बनाउन शुरुवातदेखि नै जनसवालको ठूलो भुमिका रहेको जनाउदै बैरो संघ र बैदेशिक रोजगार ब्याबसायीले जनसवाललाई आफ्नै सन्चारमाध्यम मानेको बताए ।

85af27f2-33e9-412e-b7bf-c83d06243277.jpeg

यसैगरी एनआरएनएका पूर्वप्रवक्ता सोम सापकोटाले एनआरएनएको स्थापनादेखिका हरेक अभियानमा जनसवालले अग्रस्थानमा रहेर समाचार सम्प्रेषण सङ्गै अभियन्ताका रुपमा कार्य गरेको भन्दै सम्पादक बगाले र जनसवाल प्रवासका नेपालीहरूको सुख दुखको साथी भएको बताए । सापकोटाले एनआरएनएमा अहिले केही समस्या देखिएकोमा दुख ब्यक्त गर्दै छिट्टै समाधान हुने बताए । उनले जनसवालले एनआरएनएका विषयमा थप उजागर गर्दै अघि बढ्न समेत शुभकामना दिए।

यस्तै नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीले विदेशमा बस्ने नेपालीहरू र स्वदेशकै दुरदराजका समाचारलाई जनसवालले जसरी प्राथमिकता दिएको छ, यस कामलाई निरन्तर अघि बढाउन सुझाव दिँदै थप सफलताको शुभकामना दिए । उनले प्रिन्ट मिडियाको पनि भविष्य रहेका भन्ने उदाहरण जनसवालले पेस गरिरहेको समेत बताए ।

यसैगरी नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका महासचिव सन्तोष पौडेललगाएतले जनसवालको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिए ।

ebd18489-69b0-4efb-af16-736f858f3912 (1).jpeg

0060d639-2056-4990-ab40-585ea2ba2268.jpeg

25ffebfa-67d9-4268-88dc-ffc227e25f24.jpeg

सो अवसरमा सम्पादक बगालेले जनसवाललाई अहिलेको अवस्थामा ल्याइपुरयाउन सहयोग गर्ने शुभेच्छुक, विज्ञापनदाता, पाठकवर्ग, गैरआवासीय नेपालीहरु, वैदेशिक रोजगार ब्यावसायीहरु,उद्दोगी ब्यावसायी सबैप्रति हार्दिक आभार प्रकट गरे । उनले जनसबाल १८ वर्षको वयस्क भएकाले आगामी दिनमा पत्रिका थप सशक्त ढंगले अगाडि बढने बताए । उनले आफुहरुले १८ वर्ष यात्रा सफलतापुर्वक पार गरेर पत्रिका परिपक्क भएको बताउदै पत्रीकाको नाम अनुसारको काम गर्ने जनाए ।

कार्यक्रममा कलाकार रमेश दुलाल लगायत दर्जनौँ कलाकार, जनसवालका कर्मचारी र ठूलो संख्यामा शुभेच्छुकको उपस्थिति रहेको थियो । सो अवसरमा वार्षिकोत्सवको खुसीयालीमा केकसमेत काटिएको थियो । कार्यक्रममा दर्जनौँ कलाकारहरुले साङ्गीतीक कार्यक्रम प्रस्तुत गरेका थिए ।

b6a21873-4aba-45e3-b9f1-c55e00e561ea.jpeg

d7abb803-4314-497b-9b36-d1cbd11f0e18.jpeg

images
प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - २०:२८:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology