ललितपुर । मछिन्द्रनाथको रथजात्रा सकिएको जानकारी दिन शनिबार जोडी भंगेरा उडाएर सप्तपातल पोखरीमा जोडी माछा छोडिको छ । वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मछिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई जानकारी दिनुपर्ने मान्यता रहिआएको पाटनका स्थानीय किरण स्थापितले बताए ।
'रथ जात्रा सकिएको जानकारी स्वर्गमा इन्द्र महाराजलाई गराउनुपर्ने कथन छ, सोही अनुसार मर्त्यमण्डलमा जानकारी जोडी भंगेरा उठाउने र पातालमा जानकारी दिन जोडी माछा सप्तपाताल पोखरीमा छोडिन्छ, त्यही कार्य भयो।' स्थापितले भने ।

जोडी भंगेरा उठाउनु र जोडी माछा पोखरी छोड्नु अगाडी जात्रा समापनको प्रक्रिया पूरा गर्न विहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जोडी भंगेरालाई कथा सुनाइएको थियो ।
गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा आइतबार साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको थियो ।
भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्याउनुपर्ने परम्परा अनुसार उक्त कार्य सम्पन्न भएको थियो ।
यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।