Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बागमती–२ का वडा अध्यक्ष भोलोनले यसरी मनाए जन्मदिन, सडकमा बियरको भेल

बागमती–२ का वडा अध्यक्ष भोलोनले यसरी मनाए जन्मदिन, सडकमा बियरको भेल

दैनिकी न्यूज

१३, भाद्र २०८१
बागमती–२ का वडा अध्यक्ष भोलोनले यसरी मनाए जन्मदिन, सडकमा बियरको भेल
images

ललितपुर । देशमा बेरोजगार र आर्थिकमन्दिका कारण जनताहरू भोकभोकै मर्ने अवस्थामा पुगेकोमा तिनै जनताबाट उठाएको करको दुरुपयोग गर्दै ललितपुरका एक वडा अध्यक्षले आफ्नो जन्म दिन भव्य रूपमा मनाएका छन् ।

दक्षिण ललितपुरको वागमती गाउँपालिका वडा नम्बर २ माल्टाका वडा अध्यक्ष राम बहादुर भोलुन तामाङले हिजो (बुधबार) माल्टा स्थित बगुवा खोलाको बगरमा बियरको खोला बगाउँदै आफ्नो जन्मदिन मनाएका हुन् ।

२०७९ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भएका भोलुनले जनताको करलाई ‘मामाको धनमा फुपुको श्राद्द' भन्ने उक्तिलाई चरितार्थ गरिदिएका छन ।

उनले स्थानीय तहको निर्वाचनमा ९ सय ४६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका थिए भने उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का सोम बहादुर सिंगारले २ सय ९२ मत प्राप्त गरेका थिए ।

बुधबार स्थानीय आफ्ना आसेपासे कार्यकर्ताहरूलाई कार्टुनका कार्टुन बियरले झुमाउँदै उनले आफ्नो जन्मदिन भव्य रूपले मनाएको भिडियोमा स्पस्ट देख्न सकिन्छ ।

वडा अध्यक्ष भोलुन तामाङले निर्वाचनमा पनि मनि, मसल्स र पावरको भरपूर उपयोग गर्दै निर्वाचित हुन् सफल भएका उनी निकट स्रोत बताउँछ ।

किन यसरी आफ्नो जन्मोत्सव मनाउनु पर्यो भनेर दैनिकीन्युजले जिज्ञासा राख्दा उनले आफ्नो गल्ती भएको स्विकार गरे । उनले भने, ‘केटाहरूले बगुवामा जन्मदिन मनाउन आउनु पर्यो भने म गएँ, केटाहरूको यस्तो तयारी रहेछ । आफूलाई तयारी बारे थाहा छैन ।'

https://fb.watch/ufT1390eEv/

 

images
प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १३:०६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology