Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दुई जना बालिकाको हत्या गरी फरार रहेकी अभियुक्त पक्राउ

दुई जना बालिकाको हत्या गरी फरार रहेकी अभियुक्त पक्राउ

दैनिकी न्यूज

२०, भाद्र २०८१
दुई जना बालिकाको हत्या गरी फरार रहेकी अभियुक्त पक्राउ
images

मोरङ । आफ्नै छोरीहरू १ वर्षीया आईङ्का कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी सुन्दरहरैचा नगरपालिका-७ मालति टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा सोही नगरपालिका-७ मालति टोल बस्ने धनकुटा पाख्रीबास नगरपालिका-५ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू आईङ्का र अर्पनाको शनिबार दिउँसो शव फेला परेका थियो । घटनाका अनुसन्धानको क्रममा अर्जुनकी श्रीमती अस्मितालाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा अस्मिताले शुक्रबार साँझ आफ्नै श्रीमान अर्जुन कार्कीसँग निर्माणाधिन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछी निजले दुई वटी छोरीहरू साथमा लिई सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा लगि विष सेवन गराई हत्या गरेको खुल्न आएको छ ।

उनी उपर मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - ०९:५१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology