अर्चना झा/ललितपुर । गोदावरी नगरपालिका वडा ३ का अध्यक्ष सानुराज घिमिरेले पाथिभरा महिला समूहलाई रु १ लाख ११ हजार १ सय १ दान गरेका छन्। महायज्ञमा उनले आफ्नो जन्मदिन पारेर घर परिवार तथा वडामा सुख शान्तिका लागि सो रकम दान गरेका हुन् ।

गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका अवसरमा घिमिरेले यस महायज्ञको संयोजकत्वमा केही रकम दान गर्न पाएकोमा भन्दै खुसी व्यक्त गर्दै सबै भक्तजनलाई शान्तिपूर्वक कथा श्रवण गर्न आउन अध्यक्ष घिमिरेले अनुरोध गरेका छन् ।

पाथिभरा महिला समूहको आयोजनामा नगरपालिका वडा ३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्मका लागि महायज्ञ सुरु भएको हो। नेपालको प्रसिद्ध कथावाचक भागवत मञ्जली राधिका दासीबाट कथावाचन भइरहेको छ ।

महायज्ञको उद्देश्य गोदावरी नगरपालिका नगरपालिका वडा ३ स्थित शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्ति सहित प्रसिद्ध शिवजी धाम निर्माण गर्ने पाथीभारा महिला समूहका अध्यक्ष भगवती बुढाथोकीले बताइन ।
बुढाथोकीले महायज्ञमा हजारौंको सङ्ख्यामा भक्तजन गोदावरीमा आउने भएकाले महायज्ञको आयोजनाबाट ठाउँका लागि पर्यटक प्रवर्धनमा सयोग पुग्ने विश्वास व्यक्त गरे ।