Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

दुई दिन रात्री बस नचलाउन आग्रह

दुई दिन रात्री बस नचलाउन आग्रह

दैनिकी न्यूज

११, आश्विन २०८१
दुई दिन रात्री बस नचलाउन आग्रह
images

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १० गते बिहीबारदेखि १३ गते आइतबारसम्म चार दिन भारी वर्षाको प्रक्षेपण सहित जोखिम रहेको जनाएको छ । यसले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउने आग्रह गरेको हो ।

त्यस्तै प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत आग्रह गरेको छ ।

त्यस्तै पहिरोको जोखिम रहेका र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवंम् स्वयंसेवकहरू तयारी अवस्थामा रहन लगायतका सूचना जारी गरिएको छ ।

अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न समेत अनुरोध गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - ०९:३०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology