Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

दैनिकी न्यूज

१२, आश्विन २०८१
सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय
images

काठमाडौं । सरकारले अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। शनिबार दिउँसो आकस्मिक रुपमा प्रधानमन्त्री कार्यालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘अहिले सञ्चालन भइरहेको परीक्षाहरू स्थगित गर्ने निर्णय भएको छ’, गुरुङले भने। साथै, उनले बाढी पहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको उनले बताए।


देशभर अवरुद्ध भएका सडक सञ्जालहरु खोल्नका लागि पनि भौतिक, पूर्वाधार मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको गुरुङले जानकारी दिए।

images
प्रकाशित मिति :आश्विन १२, २०८१ शनिवार - १७:५३:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology