Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपत्यकाका बढी पीडितलाई मारवाडी सेवा समितिद्वारा खाना वितरण

उपत्यकाका बढी पीडितलाई मारवाडी सेवा समितिद्वारा खाना वितरण

दैनिकी न्यूज

१२, आश्विन २०८१
उपत्यकाका बढी पीडितलाई मारवाडी सेवा समितिद्वारा खाना वितरण
images

काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउन सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँसँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, श्री पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको छ।
राहत स्वरूप पहिलो चरणमा गौशाला धर्मशालामा खाना बनाएर प्रभावित क्षेत्रमा वितरण गरिएको मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए । उनका अनुसार कालीमाटी, बल्खु, कोटेश्वर, थापाथली, पशुपति लगायत बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खाना खुवाइएको हो ।
आवश्यकता अनुसार यो क्रम केही दिन जारी रहने मञ्चले जनाएको छ ।
गत शुक्रवारदेखिको अविरल वर्षाका कारण उपत्यका लगायत देशभरका विभिन्न खोला, नदी किनारका बस्तीहरूमा बाढी पसेको छ भने पहिरोले क्षति गरेको छ ।

WhatsApp Image 2024-09-28 at 5.37.27 PM.jpeg

WhatsApp Image 2024-09-28 at 5.37.27 PM (1).jpeg

images
प्रकाशित मिति :आश्विन १२, २०८१ शनिवार - १८:२६:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology