Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काभ्रे र धादिङका सिडिओ मन्त्रालय तानिए

काभ्रे र धादिङका सिडिओ मन्त्रालय तानिए

दैनिकी न्यूज

१४, आश्विन २०८१
काभ्रे र धादिङका सिडिओ मन्त्रालय तानिए
images

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी ९सीडिओ० लाई गृहमन्त्रालय तानेको छ।

धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए। उनीहरुलाई गृहमन्त्रालयमा तानिएको छ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ।

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको थियो।

असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा जनधनको क्षति भएको थियो ।

images
प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - ११:१८:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology