काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको भाउ घटाइएको हो ।
निगमकाअनुसार सोमबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँले भाउ घटाइएको छ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।