काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) के पी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका छन्। शुक्रबार र शनिबारको वर्षापछि आएको बाढी र पहिरोले अत्याधिक जनधनको क्षति भएपछि आगामी रणनीति तय गर्न आज बिहान ११ बजे सचिवालय बैठक बोलाइएको हो।
बैठकमा प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघ को ७९ औं महासभा सहभागी हुँदा भएको भ्रमणको समीक्षा र बाढी–पहिरो पीडितलाई राहत र पुनर्स्थापनाका विषय मुख्य एजेण्डा रहेको छ।
अध्यक्ष एवं प्रधानमन्त्री ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो।