Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

दैनिकी न्यूज

१८, आश्विन २०८१
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
images

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बसुन्धरा बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४१ वर्षीय टंक प्रसाद सुवेदी र उनकै श्रीमती रौतहट चन्द्रपुर नगरपालिका-८ घर भएकी ४४ वर्षीया निता गौतम सुवेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - ०६:३३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology