Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

दैनिकी न्यूज

१८, आश्विन २०८१
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
images

काठमाडौं । कञ्चनपुर र दाङबाट जुवातास खेलीरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१४ बनकट्टीस्थित अमर सिंह कुँवरको कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ४ सय ७० रूपैयाँ र १ बुक सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँबसपार्कस्थित ४० वर्षीय बोधधन रोकाको कुमारी होटलमा जुवातास खेलिरहेको अवस्थामा रोका समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ४ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - ०६:३७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology