ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धीस्थित नारायण घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका वडा नं. १५ खुमलटार बस्ने ५० वर्षीय नन्दि केशर घिमिरे समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर ललितपुर तथा प्रहरी प्रभाग बाडेगाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २५ हजार ४ सय ५५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।