Logo

आइतवार, श्रावण २४ गते २०८३

images

‘नो हर्न’ अभियानमा कडाई गर्दै ट्राफिक प्रहरी

‘नो हर्न’ अभियानमा कडाई गर्दै ट्राफिक प्रहरी

दैनिकी न्यूज

२४, आश्विन २०८१
‘नो हर्न’ अभियानमा कडाई गर्दै ट्राफिक प्रहरी
images

काठमाडौं । उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रुपमा सञ्चालन गरि पर्चा पम्प्लेट बितरण, सचेतना कार्यक्रम संचालन, नो हर्न स्टिकर टाँस लगायत बिबिध कार्यक्रम गरि हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो । सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरुमा क्रमशः हर्नको प्रयोगमा केहि वृद्धि भए पश्चात कडाईका साथ कारवाहि समेत ट्राफिक प्रहरीले गर्दै आएको छ ।

सवारी साधनले अनावश्यक रुपमा हर्न बजाएर बृद्धि हुने ध्वनी प्रदुषणलाई निरुत्साहित गरि प्रदुषण कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए । जथाभावी हर्न वजाउदा पैदलयात्री बिशेषगरि वालवालिका, जेष्ठ नागरिक तथा बिरामीहरुको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरुलाई समेत ध्यानमा राखी नियमित निग्रानी र कारवाहि गरिदै आएको डिआजी बोहराले बताए ।

20130703_132137.jpg

पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन शुरु गरेका छन् ।

गत आ व २०८०–८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ भने यस बर्ष समेत नौ हजार आठ सय तिस सवारी साधनलाई कारबाहि गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

20130703_133002.jpg

सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागी ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनी स्वास्थ्यको लागी हानिकारक हुन्छ ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढि धवनी प्रदुषण गर्ने गरेको छ ।

दुर्घटना हुने अबस्था भएमा वा सडकको एक भागबाट अर्कोभाग नदेखिने घुम्ति मोडहरु भएको स्थानमा अतिआवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि बिपरीतबाट आउदै गरेको सवारी साधनलाई संकेत गर्ने गरि छोटो हर्न मात्रै प्रयोग गर्न सुझाएको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०८१ बिहिवार - १७:१५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology