Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बीपी राजमार्ग अवरुद्ध

बीपी राजमार्ग अवरुद्ध

दैनिकी न्यूज

२५, आश्विन २०८१
बीपी राजमार्ग अवरुद्ध
images

काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोका कारण सवारीसाधन आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ ।

खोटाङबाट काठमातर्फ आउँदै गरेको ना १ ज ६८१७ नं. को सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको सुमोको पछाडिको भाग मात्र देखिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइन् ।

सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नं. को बसलाई रोशी खोलामा २० मिटर तल बगाएको छ । दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको उनले बताइन् ।

बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्चीसडक खण्ड र रोशी गाउँपालिका–११ पिप्ले स्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्काल दुईतर्फि सडक अवरोध भएकोले यात्रा नगर्नहुन प्रहरीले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :आश्विन २५, २०८१ शुक्रवार - १३:२०:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology