Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

डडेलधुरामा बस दुर्घटना हुँदा चारको मृत्यु, १२ घाइते

डडेलधुरामा बस दुर्घटना हुँदा चारको मृत्यु, १२ घाइते

दैनिकी न्यूज

३०, आश्विन २०८१
डडेलधुरामा बस दुर्घटना हुँदा चारको मृत्यु, १२ घाइते
images

डडेलधुरा । डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए ।

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ ।

अन्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

images
प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - ०७:१३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology