Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रहरी निरीक्षक बिनु शाही फरार

प्रहरी निरीक्षक बिनु शाही फरार

दैनिकी न्यूज

१, कार्तिक २०८१
प्रहरी निरीक्षक बिनु शाही फरार
images

ललितपुर। हनी ट्र्याप घुस प्रकरणमा अनुसन्धानमा तानिएकी भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही फरार भएकी छन् ।

पक्राउ पर्ने अनुमानपछि उनी हाल सम्पर्कमा नरहेको ललितपुर प्रहरी स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाई दिने’ भन्दै हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवल्दारसहित चार जना थुनामा छन् ।

सुष्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ ।

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी प्रहरी निरीक्षक शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन्।

बलात्कार मुद्दामा फसाइ दिने भन्दै एक व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । उक्त घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो ।

images
प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - ०८:१२:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology