Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

दैनिकी न्यूज

१, कार्तिक २०८१
बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक
images

भक्तपुर । सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ ।

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

सडक डिभिजन भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकाले बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो ।

उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बीपी राजमार्ग भएर काठमाडौं भित्रिने सवारीसाधनको चाप बढेको छ ।

images
प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - ०८:१८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology