Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

दैनिकी न्यूज

९, कार्तिक २०८१
विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन
images

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ। बिहीवार बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न थालेको हो।

प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गते (बिहीबार) भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो। ​उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको प्राधिकारण स्रोतले जनायो।

घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, कसमस सिमेन्ट, ​ घराना फुड्स, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, भलवारी चामल उद्योग र बाबा जुट मिललगायतको लाइन काटिएको एक व्यापारीले जानकारी दिए।

बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने बताएका थिए।र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले उद्योगीलाई चिढ्याउन नहुने धारणा राखेका थिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री खड्कालाई भेटेर लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुनै निर्णय नभएका कारण उनले लाइन काट्न शुरु गरेका हुन् ।

पछिल्लोपटक गत २४ असोजमा सूचना निकालेर प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक (बिहीबार) सम्मको म्याद दिएको थियो । तर, उद्योगी भने प्राधिकरणले विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै बक्यौता नतिर्ने अडानमा छन् ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - ०८:०६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology