Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

१०, कार्तिक २०८१
ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ भानु नगरपालिका-८ बगालेफाँट घर भएका ४८ वर्षीय राम बहादुर खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सुर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको संचालक एवं शेयरधनी राम बहादुरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - १७:१५:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology