Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

१५ दिनभित्र बक्यौता महसुल नबुझाए फेरि लाइन काट्ने

१५ दिनभित्र बक्यौता महसुल नबुझाए फेरि लाइन काट्ने

दैनिकी न्यूज

२९, कार्तिक २०८१
१५ दिनभित्र बक्यौता महसुल नबुझाए फेरि लाइन काट्ने
images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको छ ।

आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको हो ।

मन्त्रिपरिषद्को कात्तिक २५ को निर्णय र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को निर्णय अनुसार भुक्तानी गर्न आग्रह गरिएको छ ।

'वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला । अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०६१ मङ्सिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ' सूचनामा भनिएको छ ।

प्राधिकरणले यसअघि पनि बक्यौता महसुल नबुझाउने उद्योगको पटक पटक लाइन काट्दै आएको छ । 

images
प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - ०८:१९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology