Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

करिब १ सय ५० किलो गाँजासहित दुई जना पक्राउ

करिब १ सय ५० किलो गाँजासहित दुई जना पक्राउ

दैनिकी न्यूज

२, मंसिर २०८१
करिब १ सय ५० किलो गाँजासहित दुई जना पक्राउ
images

महात्तरी । औरही नगरपालिका वडा नं. १ औरही चेक पोष्ट अगाडि सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम, नगद ७७ हजार रूपैयाँ र मोवाइल ३ थान सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–११ बस्ने २७ वर्षीय आकाश ठाकुर र हरिवन नगरपालिका–२ बस्ने ३० वर्षीय पेमा दोर्जे लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले गौशलाबाट औरहीतर्फ आउँदै गरेको युपि ५७ एएफ ९४९५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक आकाश र कारमा सवार पेमा दोर्जेलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

images
प्रकाशित मिति :मंसिर २, २०८१ आइतवार - ०७:४७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology