Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

दैनिकी न्यूज

३, मंसिर २०८१
आज कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
images

काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - ०७:३७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology