Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने लामा पक्राउ

रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने लामा पक्राउ

दैनिकी न्यूज

४, मंसिर २०८१
रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने लामा पक्राउ
images

काठमाडौं । वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं. ७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ५ बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ५ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - ०७:२०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology