Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बालकुमारीमा विद्युत् चुहावट भएर आगलागी

बालकुमारीमा विद्युत् चुहावट भएर आगलागी

दैनिकी न्यूज

६, मंसिर २०८१
बालकुमारीमा विद्युत् चुहावट भएर आगलागी
images

काठमाडौं । बालकुमारीस्थित एउटा घरमा विद्युत् चुहावट भएर आगलागी भएको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा मध्यरातमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो ।

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिए ।

आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो ।

आगो निभाउन काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो ।

images
प्रकाशित मिति :मंसिर ६, २०८१ बिहिवार - ०९:२५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology