Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन

प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन

दैनिकी न्यूज

९, मंसिर २०८१
प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन
images

नुवाकोट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले उक्त नवनिर्मित नागरिक सहायता कक्षको अवलोकन तथा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण समेत गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित नागरिक सहायता कक्षले सबै सेवाग्राहीहरूका समस्या, गुनासो र सुझावलाई सहज रूपमा राख्न पाउने वातावरण निर्माण हुने बताए । प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने अपेक्षा लिएको समेत उहाँले उल्लेख गरे । नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले सीमित साधन स्रोतका बाबजूद पनि प्रहरीले आफ्नो शतप्रतिशत योगदान दिने प्रयास हरदम गरिरहेको चर्चा गर्दै प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपदजन्य घटना सबैको चुनौतिको रूपमा रहेको हुँदा यसको सामनाको लागि सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवाला निकायहरूको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।

समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू, सामाजिक संजालको दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दवाव र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिए । स्थानीय तह उप–निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा चुनौति तथा जोखिमहरूको विश्लेषण गरी निर्वाचन सुरक्षा योजना निर्माण गर्न तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन समेत उनले निर्देशन दिए ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरी शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्दै उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त ग।ेका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईरालाले स्वगत मन्तव्य व्यक्त गगर्दै उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उद्‍घाटन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिएका थिए ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - ०८:१९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology