Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

किर्तिपुर नगरपालिकामा यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक समुदायबाट दुई उम्मेद्वार

किर्तिपुर नगरपालिकामा यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक समुदायबाट दुई उम्मेद्वार

दैनिकी न्यूज

१०, मंसिर २०८१
किर्तिपुर नगरपालिकामा यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक समुदायबाट दुई उम्मेद्वार
images

काठमाडौं । किर्तिपुर नगरपालिकाको मेयर पदको लागि एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले पनि उम्मेद्धारी दिएका छन् ।

१६ मंसिरमा हुन लागेको स्थानीय तहको उप निर्वाचनमा मेयर पदको लागि तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) को उम्मेद्धारी दर्ता भएको हो । यस्तै किर्तिपुर नगरपालिका कै वडा नम्बर ४ को वडाध्यक्ष पदको लागि राजीव महर्जन (मौनी) ले उम्मेद्धारी दिएका छन्। यी दुवै उम्मेद्वारले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट टिकट पाएका हुन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै दुबै उम्मेद्वारले आफ्ना अजेण्डा पनि सार्वजनिक गरिसकेका छन्।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - ०७:५४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology