Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कीर्तिपुरलाई सांस्कृतिक पर्यटकीय नगरी बनाउने मेयर उमेदवार शिवशरणको योजना

कीर्तिपुरलाई सांस्कृतिक पर्यटकीय नगरी बनाउने मेयर उमेदवार शिवशरणको योजना

दैनिकी न्यूज

११, मंसिर २०८१
कीर्तिपुरलाई सांस्कृतिक पर्यटकीय नगरी बनाउने मेयर उमेदवार शिवशरणको योजना
images

काठमाडौं । मंसिर १६ गते हुन लागेको उपनिर्वाचन आउन मात्रै ५ दिन बाँकी छ । काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिकाको मेयर र २ वटा वडाध्यक्षको निर्वाचनले विशेष चर्चा पाएको छ । विशेषगरी मेयरको निर्वाचन महत्त्वपूर्ण रहेको छ । मेयर पदमा निर्वाचन जित्नको लागि दलहरू र स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा छन् ।

नेकपा (माओवादी केन्द्र) बाट मेयर पदमा उमेदवार बनेका प्रा. डा. शिवशरण महर्जनले कीर्तिपुरको वास्तविक विकासको लागि प्रतिवद्वता सार्वजनिक गरिसकेका छन् । उनले कीर्तिपुर नगरलाई नेवार सांस्कृतिक सभ्यतासहितको पर्यटकीय नगरी बनाउने योजना अगाडि सारेका छन् ।

उनले कीर्तिपुर नगरको पर्यटकीय विकासबारे यस्ता योजना बनाएका छन् ।
शिवशरणको पर्यटन प्रवर्धन योजना

– कीर्तिपुर लिच्छवी कालदेखि नै अस्तित्वमा रहँदै आएको विशेषतः नेवार समुदायको बाहुल्य भएको साँस्कृतिक रुपले धनी ऐतिहासिक तथा सांस्कृतिक नगरी हो । यहाँ बौद्ध तथा हिन्दूहरुका विहार, मठमन्दिरहरु उल्लेख्य सङ्ख्यामा रहेका छन् । चिलंच्व चैत्य तथा जगतपाल महाबिहार, नगरमण्डप श्री कीर्ति बिहार, आदिनाथ मन्दिर, बाघभैरब मन्दिर, उमामहेश्वर मन्दिर, जलविनायक मन्दिर, चम्पादेवी आदि जस्ता धार्मिक सम्पदाहरु अवलोकनका लागि प्रसिद्ध छन् । त्यस्तै गरी पुष्पलाल पार्क, टौदह, चोभार, माकोचा आदि जस्ता सम्पदाहरु पनि हेर्न र घुम्न लायकका छन् । त्यसैले यो सहर आन्तरिक एवं वाह्य पर्यटकका लागि एक राम्रो गन्तव्य पनि हो । तर पूर्वाधारको अभावले यहाँको पर्यटन क्षेत्र विकासको पर्खाइमा छ ।
–यहाँको पर्यटन क्षेत्रको विकास गरी कीर्तिपुरवासीको आर्थिक उन्नति गर्न विशेष पहल गरिनेछ । पर्यटन विकासलाई ध्यानमा राखी कीर्तिपुरमा मौलिकता तथा आधुनिकतालाई संयोजन गरी होम स्टेलाई व्यवस्थित गरिनेछ ।
– चम्पादेवीलाई धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य स्थलमा विकास गरिनेछ ।
– कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिको समन्वयमा निजी क्षेत्रलाई समेत सहभागी गराई मिनी बञ्जीजम्प निर्माणका लागि पहल गरिनेछ । चन्द्रागिरि तीनथानाको भिराडिल संग जोडिएको माकोचा पार्कलाई व्यवस्थित गरिनेछ ।
– कीर्तिपुरको ऐतिहासिकता, वीरता, विद्रोह तथा वलिदानको संस्कृति झल्किने विशेष पार्क निर्माण गरिनेछ ।

 

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रमः कार्यकर्तामा उमङ्ग र मतदाता फुरुङ्ग

images
प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - ०७:१७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology