काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट उमेदवारी दिएका भानु रिजालले आफ्नो उमेदवारी निष्क्रिय पारेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै उमेदवारी निष्क्रिय भएको जानकारी गराएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई सघाउने पनि जनाएका छन् ।
कीर्तिपुरको मेयरमा एकीकृत समाजवादीले निर्वाचनअघि नै माओवादी केन्द्रलाई सघाउने निर्णय गरेको थियो । रिजालको उम्मेदवारीपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए । तर, उनले उम्मेदवारी फिर्ता लिएका थिएनन् ।