Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

कीर्तिपुरमा एकीकृत समाजवादीका उम्मेदवारले माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने

कीर्तिपुरमा एकीकृत समाजवादीका उम्मेदवारले माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने

दैनिकी न्यूज

१२, मंसिर २०८१
कीर्तिपुरमा एकीकृत समाजवादीका उम्मेदवारले माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने
images

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट उमेदवारी दिएका भानु रिजालले आफ्नो उमेदवारी निष्क्रिय पारेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै उमेदवारी निष्क्रिय भएको जानकारी गराएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई सघाउने पनि जनाएका छन् ।

कीर्तिपुरको मेयरमा एकीकृत समाजवादीले निर्वाचनअघि नै माओवादी केन्द्रलाई सघाउने निर्णय गरेको थियो । रिजालको उम्मेदवारीपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए । तर, उनले उम्मेदवारी फिर्ता लिएका थिएनन् ।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - ०७:४५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology