Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

हुम्ला सर्केगाडका मतदातामा समिक्षाको चर्चा, को हुन् समीक्षा ?

हुम्ला सर्केगाडका मतदातामा समिक्षाको चर्चा, को हुन् समीक्षा ?

दैनिकी न्यूज

१२, मंसिर २०८१
हुम्ला सर्केगाडका मतदातामा समिक्षाको चर्चा, को हुन् समीक्षा ?
images

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट देवकी तिमल्सिना रोकाय ‘समीक्षा’ उम्मेदवार बनेकी छिन् ।

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा यसअघि माओवादी केन्द्रका चन्द्रसिह कार्की विजयी भएका थिए । उनले ३ हजार २६९ मतसहित विजयी हुँदा एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मतसहित पराजित भएकी थिइन् ।

अहिले पनि सर्केगाडका मतदाताहरूले माओवादी उम्मेदवार समिक्षालाई रूचाइरहेको देखिएको छ । माओवादी केन्द्रले सरकारमार्फत गरेको काम, सुशासन, विकासलाई जनताले मन पराएका छन् । उम्मेदवार तिमिल्सिनाले आफू हुम्लामा नजन्मिएको भएतापनि लामो समयदेखि हुम्लासँग जोडिएको र माओवादी जनयुद्धमा सामसल भएको कारणले पनि मतदाताले विश्वास गरेको बताएकी छिन् ।

FB_IMG_1732672272382-300x225.jpg

उनले पार्टीले उम्मेदवार बनाएर अवसर प्रदान गरेकोमा पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेकी छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ मांखामा जन्मिएकी देवकी तिमल्सिना रोकाया २०५२ सालमा सुरु भएको दशक लामो जनयुद्धका दौरान चर्चित कलाकारका रूपमा स्थापित भइन्। जनयुद्धकै क्रममा उनले हुम्लाका पत्रकार दिपेन्द्र रोकायसँग विवाह गरेकी थिईन । शान्ति प्रक्रियापछि उनले कर्णालीमा बसेर समाज परिवर्तनका विभिन्न क्षेत्रमा योगदान दिँदै आएकी छन्।

समाजवादी मोर्चाका साझा उम्मेदवारका रूपमा सिफारिस भएकी देवकीले सर्केगाड गाउँपालिकाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन्। जनताबाट अपार माया पाएको बताउँदै उनले उपनिर्वाचनमा जीतको विश्वास व्यक्त गरेकी छन्।

‘सुशासन, समृद्धि र सामाजिक न्याय – हाम्रो अभियान’ भन्ने नाराका साथ अघि बढेकी देवकीले सर्केगाडको विकास र समृद्धिका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताइन् । सर्केगाडका मतदातालाई सम्बोधन गर्दै उनले हसिया हथौड़ा चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गरेकी छन्।

उनी अहिले लगातार घरदैलो, पिँढिसभा, मतदाता भेटघाटमा लागिरहेकी छिन् । उनलाई मतदाता र जनसाुदायले सबैतिर सम्मान गरेका र फुलमालाले स्वागत गरेका छन् । सर्केगाडको माहोल हेर्दा समिक्षाले विजय प्राप्त गरेको घोषणा गर्न मात्रै बाँकी रहेको जस्तो देखिने गरेको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - ०८:०३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology