Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

५५ करोडको अनलाइन जुवा खेलाउने सुनील पक्राउ

५५ करोडको अनलाइन जुवा खेलाउने सुनील पक्राउ

दैनिकी न्यूज

१३, मंसिर २०८१
५५ करोडको अनलाइन जुवा खेलाउने सुनील पक्राउ
images

काठमाडौँ । बेटिङ एप्लिकेसनमार्फत विश्वभरि खेलाइने अनलाइन खेलअन्तर्गत ५५ करोड बराबरको जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैरकानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राईलाई प्रहरीले पक्राउ गरेको छ।

पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३७ वर्षीय सुनील राईलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल बस्ने राईले ७५ वटा बैंक खाता, १२८ ईसेवा वालेटबाट ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राईबाट एनसेल कम्पनीका ७० वटा सिमकार्ड, ११ वटा नागरिकता, १५ वटा राहदानी, २२ वटा चेकबुक र ४२ थान एटिएम कार्ड बरामद भएको छ।

images
प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - ०८:३५:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology