काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की देवकी तिमल्सिना निर्वाचित भएकी छन्।
एक हजार ६३६ मतसहित तिमल्सिना उपाध्यक्ष निर्वाचित भएकी हुन् । उनकी निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत ल्याइन्। एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरिन् ।
यसअघि सर्केगाड गाउँपालिका नेकपा (माओवादी केन्द्र) कै चन्द्रसिंह कार्की थिए। सवारी दुर्घटनामा उनको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ६ मांखामा जन्मिएकी देवकी तिमल्सिना २०५२ सालमा सुरु भएको दशक लामो जनयुद्धका दौरान चर्चित कलाकारका रूपमा स्थापित थिइन । जनयुद्धकै क्रममा उनले हुम्लाका पत्रकार दिपेन्द्र रोकायसँग विवाह गरेकी थिईन । शान्ति प्रक्रियापछि उनले कर्णालीमा बसेर समाज परिवर्तनका विभिन्न क्षेत्रमा योगदान दिँदै आएकी छन्।