Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा चार जना पक्राउ

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा चार जना पक्राउ

दैनिकी न्यूज

१८, मंसिर २०८१
नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा चार जना पक्राउ
images

काठमाडौं । नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा ४ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत कोलकत्ता बाह्रसान बवुनगाद्धी घर भएका २४ वर्षीय सुमन धोष, भारत उत्तर प्रदेश कानपुर घर भएका २५ वर्षीय अमित यादव, भारत बिहार सहरसा-२ बखरी घर भएका २७ वर्षीय सुमन्त कुमार र भारत बिहार सहरसा हरंसरी घर भएका ३० वर्षीय ब्रजेश कुमार रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड कीर्तिपुरमा संचालन भइरहेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पोर्टस बाजी, प्रोबो लगायतका अनलाइन बेटिङ एपबाट पैसाको हार जित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले क्रिकेट मैदान भित्रैबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १९:५९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology