काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक पदमा दुई जना बढुवा सिफारिस भएका छन् । प्रहरी नायव महानिरीक्षकद्वय कुवेर कडायत र रवीन्द्र केसीको बढुवा सिफारिस भएको हो ।
बुधबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरुको सिफारिस सूची प्रकाशित गरिएको गृह मन्त्रालयले जनाएको छ ।