Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अवैध कल सेन्टर संचालनमा संलग्न ५३ जना ललितपुरबाट पक्राउ

अवैध कल सेन्टर संचालनमा संलग्न ५३ जना ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

२४, पौष २०८१
अवैध कल सेन्टर संचालनमा संलग्न ५३ जना ललितपुरबाट पक्राउ
images

ललितपुर । अवैध कल सेन्टर संचालनमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक समेत ५३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित घर भाडा‍मा लिई कल सेन्टर संचालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी काममा लगाएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ल्यापटप ८५ थान, मोबाइल ९६ थान लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरू सहित पक्राउ गरेको हो ।

कल सेन्टरबाट सिंघम लोटरी, अन्ना लोटरी, भाउ लोटरी र इण्डसबेट लोटरी लगायतका ग्याम्ब्लिङ एप्सहरूको दुरूपयोग गरी Fairgames.slashrtc.in मार्फत कुराकानी गरी ह्वाट्सएपमार्फत विभिन्न डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाई सट्टाबाजी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ मध्ये २ जना भारतीय नागरिक समेत ७ जना उपर सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ०८:०७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology