Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

युके पठाइदिन्छु भनी ठगी गरेको आरोपमा रामकृष्ण दाहाल पक्राउ

युके पठाइदिन्छु भनी ठगी गरेको आरोपमा रामकृष्ण दाहाल पक्राउ

दैनिकी न्यूज

२७, पौष २०८१
युके पठाइदिन्छु भनी ठगी गरेको आरोपमा रामकृष्ण दाहाल पक्राउ
images

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

Lalitpur.gif

रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - ०९:१७:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology