Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

दैनिकी न्यूज

२७, पौष २०८१
काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने
images

काठमाडौं । आज काठमाडौं उपत्यकाका केही स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवं विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।

लाइन कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयसीमा भन्दा पहिल्यै लाइन पुनः सञ्चालनमा आउने सूचनामा उल्लेख छ ।

प्राधिकरणले क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायत क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख गरेको छ । क्षेत्रपाटी फिडरअन्तर्गत पर्ने टेकु विष्णुमती करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने जनाइएको छ ।

Lalitpur.gif

सो क्रममा टेकु थापाथली फिडरअन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड ट्रेड सेन्टर, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ ।

त्यस्तै, सूचनामा त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सब स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासंघ,, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने जनाइएको छ ।

थापाथली फिडरअन्तर्गत प्रसूतिगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि एक बजेदेखि पाँचबजेसम्म लाइन काटिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - ०९:२४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology