Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति

ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति

दैनिकी न्यूज

२९, पौष २०८१
ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति
images

ललितपुर ।  पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर  महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरिएको हो ।

Lalitpur.gif

चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा लास राख्न सकिने छन्  ।  थपिएको शव गृहको बारेमा जानकारी दिन आइतबार अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शव गृहको स्तरोन्नतिको लागि सहयोग गरेको बताए ।

महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउँदै उनले भने,‘पाटन अस्पताल र चिडियाघरलाई कुनै पनि कुरा कमी हुन दिने छैनौं ।’

पाटन अस्पतालसँग कोभिडको बेलापनि महानगरले सहकार्य गरेको स्मरण गर्दै  बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र अन्तर्गत संचालनका लागि पनि महानगरले पाटन अस्पतालसँग सहकार्य गरेको बताए ।

पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त ठाउँमा पनि अर्को केन्द्र खोल्ने तयारी गरेको जानकारी दिए ।

अस्पतालका निर्देशक प्राडा रवि शाक्यले शव गृहको स्तरोन्नतिका लागि अपस्पतालसँग सहकार्य गरेकोमा महानगरलाई धन्यवाद दिए । झट्ट हेर्दा यो सामान्य विषय जस्तो लागेपनि मृत्युपछि पनि धेरैवटा विषयलाई ध्यान दिनुपर्ने उनले बताए ।

उनले भने, ‘कहिलेकाहीं ं लासमाथि लाख खप्टेर राख्नुपथ्र्यो, अब त्यस्तो अवस्था आउँदैन ।’ लास खप्टेर राख्दा छिटो कुहिनेदेखि विभिन्न खालका समस्यासँग झेल्नु पथ्र्यो ।

अस्पतालका फरेन्सिक विज्ञ डा।सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शव गृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताउँदै महानगरले सहयोग गरेकोमा धन्यवाद दिइन् ।

उनले भनिन् , ‘झट्ट हेर्दा लासलाई किन राम्रो ठाउँ चाहियो र जस्ता लाग्छ, तर , त्यसो होइन, लासको पनि सम्मान गर्नुपर्छ , त्यति मात्रै होइन, व्यवस्थित हुँदा काम गर्ने वातावरण पनि हुन्छ ।’ विपद्का बेला शव राख्ने ठाउँको अझै हुने बताउँदै नयाँ बन्ने भवनमा अर्को शव गृह निर्माणको लागि पनि उनले पालिकालाई अनुरोध गरिन् ।

अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले नगरप्रमुख र नगरपालिकाले पाटन अस्पतालको आवश्यकता पहिचान गरेर सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, ‘पाटन अस्पताल अस्पताल मात्रै होइन, यो स्वास्थ्य क्षेत्रको विश्वविद्यालय हो, धेरै धेरै धन्यवाद ।’

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - ०७:३७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology