Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जलवायु उत्थानशीलतर्फ उन्मुख हुदै फुलखर्क गाउँ

जलवायु उत्थानशीलतर्फ उन्मुख हुदै फुलखर्क गाउँ

दैनिकी न्यूज

२, माघ २०८१
जलवायु उत्थानशीलतर्फ उन्मुख हुदै फुलखर्क गाउँ
images

काठमाण्डौबाट करिब १३५ कि.मि.को दुरीमा गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क, धादिङ भन्ने गाउँ छ। मोटरमा यात्रामा करिब ५ः३० घण्टाको यात्रामा फुलखर्क  गाउँ पुग्दछौ । प्राकृतिक स्रोत, जैविक विविधता तथा पर्यटकिय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण रहेको गाउँको क्षेत्रफल करिब ३५.७१ वर्गकिलोमिटर रहेको छ र ९२० घरधुरीको बसोबास रहेको छ। गाउँघरको कुरा गर्दा हाम्रो प्रत्यक्ष सम्बन्ध आफ्नो थातथलो सित गासिँएको छ। थातथलोको बाटोघाटो, रुरव बोटबिरुवा, खोलानाला, चराचुरुङ्गी, पोखरी, पधेरो, र बारीको पाटाहरु पनि सम्झन्छौ। यिनीहरुको मानवजीवनसङ्गको अन्तर सम्बन्ध एकदमै अनन्त रहन्छ।

Picture5.jpg

मानव समाजमा परिवर्तनको क्रममा छ, बस्तीहरु बढेको छन् , गाउँगाउँमा बाटोघाटो पुगेको छ, गाडीहरु चल्न थालेका छन्, पहिला हिडेर घण्टौघण्टा लाग्ने गन्तब्यहरु अहिले केही छिनको मोटर यात्रामा पुरा हुने भएको छ। औद्योगिक कलकारखानाहरु खुलेका छन्। जनजीवन धेरै  सहज भएको छ। यो विकासको प्रणाली सँगसँगै हरित ग्याँसहरुको उत्सर्जन बढेको छ । यसको प्रत्यक्ष प्रभाव जनजीवनमा देखिदै आइरहेको छ। 

Lalitpur.gif

फुलखर्क गाउँ पनि जलवायु परिवर्तनको समस्याबाट अछुतो रहन सकेन। स्थानीयहरुले तापक्रममा वृद्धि, पानी पर्ने समयमा फेरवदल, पानीको मुल सुक्ने, बाढी–पहिरो र आगलागीको घटनामा वृद्धि, खडेरी, वालीमा नयाँ प्रजातिको रोग र किराहरुको प्रकोप, कृषि उत्पादनमा ह्रास, प्राकृतिक स्रोत र पारिस्थिथितीकीय सेवामा ह्रास जस्ता समस्याहरुको अनुभुति लिदै आइरहेका थिए।  

यस्तै परिवर्तनसँग अनुकुलन र उत्थानशील हुनको लागि मेनानाइट सेन्ट्रल कमिटीको आर्थिक सहयोगमा सहयोगी हातहरुको समुह (सहास) नेपालले कार्तिक २०७८ देखि भाद्र २०८१ सम्म जलवायु उत्थानशील नमुना गाउँ परियोजना फुलखर्कमा सञ्चालन गरेको थियो। उत्थानशील गाउँ बनाउनको लागि परियोजनाले शशक्तीकरण तालिम, उत्थानशील हुनको लागि प्रविधिहरुको सहयोग गरेको थियो। उत्थानशील गाउँ बनाउनको लागि १०२ घरधुरीलाई तरकारीको बीउ, टिमुर र फलफुलको बिरुवा सहयोग गरेको थियो। जलवायु मैत्री प्रविधि ग्रिन हाउस, थोपा सिचाई, सुधारिएको गोठ, खेर गएको पानी संकलन पोखरी, जैविक मल बनाउने तालिम, मौरीको घार,  वीउ र बाली संरक्षण झोला, सुधारिएको चुलो निर्माण, मौसम पुर्वानुमान सूचना  प्रवाह, वीउ संकलन केन्द्र , हाटबजार स्थापना संचालनमा सहयोग गरेको सहयोगी हातहरुको समुह (सहास) नेपालको विपद् तथा जलवायु व्यवस्थापन संयोजक विनोद थापाले बताए । 

परियोजनाले प्लाष्टिक घर, बीउबीजन, थोपा सिचाई, जैविक विषादि बनाउने ड्रम, तरकारी खेतीमा लाग्ने किरा नियन्त्रणको लागि पहेँलो पासो साथै उत्पादन देखि बजारीकरण सम्म सहयोग गरेको छ , अहिले हामी मासिक रु ५०००–रु१०००० को आयआर्जन गर्न थालेको छौ र यसले घर खर्च र छोरा छोरीको कलम कपि किन्न  सहयोग पुगेको कविता सुनारले बताउछिन ।

परियोजनाले गाउँको मुहार नै परिवर्तन गराइदियो पहिले त हामीलाई जलवायु जन्य विपद्को समस्याहरु प्रकृतिको श्राप जस्तो लाग्थ्यो। तरकारी खेती गर्न पानी पनि थिएन, लगाएको तरकारीहरु पनी रोग किराले गर्दा फस्टाउन पाउदैनथ्यो। थोपा सिचाई जुठेल्नो पानी सकलन पोखरी निर्माण गरेर पनि तरकारी उत्पादन गर्न सकिदो रहेछ र जैविक विषादी बारीमा भएको झारपात र गाईभैसीको पिसावबाट बनाउन सकिने रहेछ र यसले लाई, डढुवा, पतेरा रोगहरु पनि र हानिकारक किटहरु नियन्त्रण गर्ने रहेछ यो सबै परियोजनाले सिकायो र अहिले जानेको कुराहरु अवलम्वन सगंसगैं अरुलाई पनि सिकाउने गरेको  साने वि.क. र अकल वि.क. बताउछन्।

जलवायु परिवर्तनको हिसाबले नेपाल एकदमै संवेदनशील राष्ट्र हो। जलवायु परिवर्तनको प्रभाव समुदायमा प्रत्यक्ष रुपमा परेको देखिन्छ । आदिवासी , सीमान्कृत महिला, शारिरीक रूपमा अशक्त ब्यक्ति र बालबालिकाहरुमा यसको प्रभाव अझ बढी देखिन्छ र जलवायु परिवर्तनका असर गरेको फुलखर्क जस्तो गाउँहरु धेरै छन्। त्यसैले सरोकारवाला निकायहरु र गैरसरकारी कार्यालयहरु एक आपसमा समन्वय गरेर अझ धेरै गाउँहरुमा यस्तो जलवायु उत्थानशील नमुना कार्यक्रमहरु जस्तै जलवायु न्युनीकरण र अनुकुलन सम्बन्धि जनचेतना, जलवायु अनुकुलन क्षमता अभिवृध्दि, प्रबिधि हस्तान्तरण गर्न सकेमा जलवायु उत्थानशील गाउँ , वडा, नगरपालिका हुँदै राष्ट्र हुन सहयोग पुग्थ्यो, सहयोगी हातहरुको समुह ९सहास० नेपालको कार्यकारी निर्देशक डा सुरेन्द्र कुमार श्रेष्ठ बताउछन्

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ०७:३४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology