Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

२, माघ २०८१
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।

Lalitpur.gif

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

बुधबार दिउँसो पनि देशभर मौसम आंशिक बदलीदखि मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ।

बुधबार राति भने लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ।

राति नै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ

तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ०७:३०:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology