Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

रक्तचन्दन जस्तो देखिने काठ सहित दुई जना पक्राउ

रक्तचन्दन जस्तो देखिने काठ सहित दुई जना पक्राउ

दैनिकी न्यूज

३, माघ २०८१
रक्तचन्दन जस्तो देखिने काठ सहित दुई जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३२ पेप्सिकोलाबाट रक्त चन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

Lalitpur.gif
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भएका ४० वर्षीय ज्ञान बहादुर तिमिल्सिना र काठमाडौं महानगरपालिका-१४ बस्ने ४१ वर्षीय रमेश थापा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको टहरामा १३ वटा बोरा भित्र रहेको उक्त परिमाणको काठ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - ०७:३३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology