Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ कुलमान घिसिङ

‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ कुलमान घिसिङ

दैनिकी न्यूज

७, माघ २०८१
‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ कुलमान घिसिङ
images

काठमाडौं । दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले ठूलो साथ दिएको उनले जिकीर गरे ।

Dainikeenews advertise 2081.10.03.PNG
शनिबार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरागरी विदा भएका विद्यार्थीहरुलाई सम्वोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफु लोडसेडिङ हटाउन सफल भएको बताए । ‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन । मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरे । उपभोक्ताले पनि साथ दिनुभयो, त्यसपछि म सफल भए ।’

लोडसेडिङ एकै पटक अन्त्य गर्न नसकिने अवस्थामा आफुले काठमाडौंबाट सुरुवात गर्दा देशभरका जनताले साथ दिएको उनको जिकीर छ । कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरुलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताए । ‘जनतालाई लोड सेडिङमा पारेर तत्कालिन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । विचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ ।’ उनले भने । लोडसेडिङको समय एउटै उद्योगलाई ४० मेगावाट सम्म सप्लाई हुने गरेको जिकीर गर्दै कार्यकारी निर्देशक घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दावी गरे । ‘४० मेगावाट एउटै उद्योगमा सप्लाई हुन्थ्यो । ४० मेगावाटले १० वटा जिल्लालाई पुग्छ । बेलुकाको टाइममा एउटै उद्योगले ४० मेगावाट चलायो भने १० वटा जिल्ला अन्धकार हुन्छ ।’ पहाडी जिल्लामा ४ मेगावाट पनि खपत नहुने घिसिङ भन्नुहुन्छ । सप्लाई साइटको म्यानेजमेन्ट र डिमाण्ड साइटको म्यानेजमेन्टमा काम गर्दा लोडसेडिङ अन्त्य गर्न सफल भएको उहाँको दावी छ । २०७३ सालमा ५० प्रतिशत जनतामा विद्युत पुगेकोमा आजको दिन ९९ प्रतिशत जनताको घरमा विद्युत पुगेको उनको दावी छ । ‘लोडसेडिङको अन्त्य शहरी क्षेत्रको मात्र गरिराख्यौं, तर, काठमाडौं वरीपरीमै विद्युत पुगेको थिएन । जहाँ २४ सै घण्टा लोडसेडिङ थियो त्यहाँ विद्युत पुर्याउने हाम्रो काम नै महान काम हो । अहिले ९९ प्रतिशत जनताले विद्युत पाईरहेका छन् ।’ १ प्रतिशत जनताको घरमा आफ्नै कार्यकालमा पुर्याउने भन्दै उनले भने, ‘अब ६, ७ महिना छ यही कार्यकालमा १ प्रतिशत जनताका घरमा विद्युत पुर्याउँछु ।’लोडसेडिङ अन्त्यसँगै अरबौं घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु आफ्नो सबैभन्दा ठूलो उपलब्धी रहेको कार्यकारी निर्देशक घिसिङको जिकीर छ । ‘२०६९ सम्म २७ अर्बजति घाटा थियो त्यसलाई सरकारले जिरो बनायो । त्यसपछि ५ वर्षमा ०७२ सालसम्म ३५ अर्ब घाटा पुगेछ । म आउनुअघि एक वर्ष करिब ९ अर्ब जति घाटा थियो । म आएपछि २०७३–०७४ मा एकै वर्ष त्यसलाई नाफामा कन्भर्ट गर्यौं । करिब डेढ अर्ब नाफाबाट सुरुभयो, त्यसपछि लगालग नाफामा गयौं । अहिले करिब ८५ अरब जति ब्यालेन्स बनाउन सफल भएका छौं ।’ प्राधिकरणमा नाफामा पुर्याउन चुहावट नियन्त्रणको पनि महत्वपूर्ण भूमिका रहेको घिसिङको भनाई छ । इन्जिनियरिङका विद्यार्थीलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले इन्जिनियरका विद्यार्थीहरुका लागि विद्युत प्राधिकरण पाठशाला रहेको बताए । ‘तपाईहरु अहिले जति पास आउट गर्नुभएको छ त्यो सबै बेसिक छ । अब प्रोफेसनल लाइफमा धेरै सिक्नुहुन्छ त्यो चैं ठूलो पाठशाला हो । विद्युत प्राधिकरण सबै प्रकारका इन्जिनियरहरुको लागि ठूलो पाठशाला हो ।’ आफुले प्राधिकरणमा ३१ वर्ष सेवा गर्दा ठूलो अनुभव हासिल गरेको उनको भनाई छ । उनले इन्जिनियरहरुका लागि सरकारी र प्राइभेटमा दुवै क्षेत्रमा धेरै अवसर र संभावनाहरु रहेको जनाउनु भयो । साथै, इन्जिनियरहरुले नेतृत्व पनि गर्न सक्ने दावी गरे । ‘इन्जिनियर भनेको टेक्नोक्रयाट मात्र हैन, इन्जिनियर भनेको समाज बुझ्ने, वातावरण बुझ्ने हुनुपर्छ । जब प्रोफेसनल लाइफमा जानु हुन्छ तपाई ठूलो म्यानेजर हो ।’ इन्जिनियरिङमा प्राविधिक क्षेत्रमा परामर्श दिएर अगाडी बढ्ने प्राविधिक फिल्डमा पनि व्यवसायिक नेतृत्व गर्न सकिने घिसिङको भनाई छ ।

कार्यकारी प्रमुख घिसिङले लिडरसिपमा आएका इन्जिनियरहरु सफल भएको जिकीर गरे । ‘इन्जिनियरहरुले जहाँ जहाँ नेतृत्व गरेका छन् त्यो राष्ट्र धेरै छोटो समयमा विकास भएको पनि देखिन्छ ।’ एक समय चीनको नौ वटा स्ट्याण्डिङ कमिटीमा इन्जिनियरहरु रहेको उदाहरण दिँदै उनले भने । बर्तमान चीनको राष्ट्रपति समेत केमिकल इन्जिनियर भएको भन्दै उहाँले इन्जिनियरहरुले प्राविधिक, सामाजिक, वातावरणीय र राजनीतिक नेतृत्व दिन सक्ने दावी गर्नुभयो ।कार्यकारी प्रमुख घिसिङले विद्यार्थीहरुलाई पढ्नका लागि विदेश गएपनि देशका लागि सोच्नुपर्ने उल्लेख गरे । ‘देशका लागि के गर्न सकिन्छ भनेर अगाडी बढ्नु पर्छ । विदेश जानै हुन्न भन्ने लाग्दैन । जानुपर्छ, अनुभव गर्नुपर्छ तर, तपाईले गर्नुभएको अनुभव राष्ट्रको लागि हुनुपर्छ ।’ नेपालमा इन्जिनियरहरुका लागि धेरै अवसर रहेको भन्दै घिसिङले भभने ।

धेरै चुनौतिहरु भएको स्थानमा अवसर पनि हुने उनको अनुभव छ । विदाई कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी लगायतले स्नातक तहमा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारिक जीवनमा इमान्दारिता र लगानशीलताका साथ प्रयोग गर्न सुझाब दिए । 

images
प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - ०८:२६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology