Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपाल प्रहरीका यी १७ जना एसपीहरुको सरुवा

नेपाल प्रहरीका यी १७ जना एसपीहरुको सरुवा

दैनिकी न्यूज

११, माघ २०८१
नेपाल प्रहरीका यी १७ जना एसपीहरुको सरुवा
images

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।

Dainikeenews advertise Final Health.jpg

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले ३ महिनाअघि चितवनमा गएका गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएका छन् ।

दुर्गाराज रेग्मीलाई नुवाकोट, राजन लिम्बुलाई चितवन, सन्तोष तामाङलाई बारा र रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकमा सरुवा गरिएको छ । सुरेश काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा प्रहरी इकाईमा सरुवा भएका छन् । सुवास बोहरालाई सशस्त्र प्रहरी गण नक्सालमा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल बोहरा, जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला र सामाखुसीस्थित पहरा गणमा कमल थापालाई पठाइएको छ । पर्सामा कार्यरत कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा काज सरुवा गरिएको छ ।

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - २०:२०:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology