प्रेमचन्द्र झा/रौतहट । विद्यमान सिमित साधन स्रोत अधिकतम उपयोग गरेर नेपाल प्रहरीले चेकजाँच तथा सुरक्षा व्यवस्था कडा पारेपछि रौतहट जिल्लाको शान्ति सुरक्षा सुदृढ हुदै गएको छ ।

समाजमा शान्ति सुरक्षामा प्रत्यक्ष रुपले प्रभाव पार्ने अपराधिक क्रियाकलापमाथि कार्यवाही गरी नियन्त्रण गर्न थालेपछि विगतको तुलनामा अहिले जिल्लाको शान्ति सुरक्षा सुदृढ हुँदै गएको छ ।
जिल्लाको शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय प्रसाशनसँग समन्वय गरेर नियमित गस्ति गर्नुको साथै समाजमा रहेका दुश्चरित्र प्रवृतिका व्यत्तिहरुलाई पक्राउ गरी कार्यवाही गर्ने, खुल्ला सिमाका कारण हतियार ओसार पोसार नियन्त्रण गर्ने, अवैध मदिरा उत्पादन तथा सेवन गर्नेलाई कार्यवाही गर्ने, फरार अभियुक्तहरुलाइ पक्राउ गर्ने, विभिन्न स्रचनाहरु संकलन गर्ने लगायतका कार्यहरुको फलस्वरुप जिल्लाको शान्ति सुरक्षा सुदृढ रहेको प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए।
सेवाग्राहीको सहज पहुँच समबन्धमा तराई मधेशमा व्याप्त रहेको पंचायती तथा दलाली ,विचौलिया प्रथा र चनसुन सिफारिस बिना काम हुदैन भन्ने मानयता चिर्नको लागि भिक्टम स्पार्ट टिम परिचालन, भिजिटरहरुको अभिलेखिकरण गर्ने गरेको, विचौलियाहरुको काममा संलग्नहरुलाई पक्राउ गरी कार्यवाही गरिएको, गुनासो सम्बोधनका लागि कार्यालय प्रमुखसँग जनताको सिधा पहुँच स्थापित गरिएको कार्य पश्चात हाल प्रहरी जनता सबैले सुशासन र शान्तिको महसुस गर्ने गरेको प्रहरी उपरीक्षक घिमिरेले दावी गरेका छन ।
विभिन्न घटनामा संलग्न रही फरार रहदै आइरहेका फरार अभियुक्तलाई पक्राउ गरी कानुनको दायरामा ल्याएको तथा शान्ति सुरक्षामा प्रत्यक्ष रुपले प्रभाव पार्ने खालका अवैध मदिर सेवन गर्ने तथा होहल्ला गर्ने प्रवृतिका व्यक्तिलाई पक्राउ गरी कार्यवाही गरेको उनले बताए ।
उनले कार्यवाहीको क्रममा अपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिलाई पक्राउ गरी कानूनको दायरामा ल्याउने गरेको बताउदै प्रहरी उपरीक्षक घिमिरेले कानून भन्दा कोही माथि नरहेको तथा कानून विपरित काम गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याइ कारवाही गरिने समेत उनले बताए ।