Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भान्सालाई सुधार गरेर जीवनको मुल्यलाई प्रभावकारी बनाउन सकिन्छ

भान्सालाई सुधार गरेर जीवनको मुल्यलाई प्रभावकारी बनाउन सकिन्छ

दैनिकी न्यूज

१५, माघ २०८१
भान्सालाई सुधार गरेर जीवनको मुल्यलाई प्रभावकारी बनाउन सकिन्छ
images

ललितपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा सोमबार आयोजित भान्साघर ओैषधालय कार्यक्रममा भान्सालाई सुधार गरेर जीवनको मुल्यलाई प्रभावकारी बनाउन सकिन्छ भन्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

Dainikeenews advertise Final Health.jpg
ललितपुर महानगरभित्रका महिलाहरूका लागि लक्षित गरेर भएको कार्यक्रममा आयुर्वेद औषधिको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्न सके अस्पताल धाउन आवश्यक नहुने जानकारी गराइएको थियोे।
कार्यक्रममा ललितपुर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत डिल्ली शेर के.सी.ले भान्साबाट नै मानिसको जीवनको आयु निर्धारण हुने भन्दै गृहिणीहरूले घरका सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भने । खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले सांस्कृतिक चाडपर्वअनुसारको खाद्य सामग्रीहरूले शरीरलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान गर्ने बताए । उनले भान्सामा प्राप्त हुने आयुर्वेदिक खाद्यान्नहरु मात्रा मिलाएर खाएमा औषधि र नमिलेमा विष हुने बताउँदै भान्छा घर नै औषधिको भण्डार भएकोले विभिन्न खाद्यान्नसम्बन्धी जानकारी राख्नुपर्ने बताए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका कार्यालय प्रमुख सृजना मरासिनीले भान्सा सुधारेर जीवन सुधार गर्न जडिबुटीको उपयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यालय प्रमुख मरासिनीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयुर्वेद औषधिको महत्व दैनिक जीवनमा अपरिहार्य रहेको बताए ।
आयुर्वेदिक चिकित्सक डाक्टर बिशाल के.सी.ले आयुर्वेदको प्रयोजन, यसको महत्त्व, आवश्यकता र प्रयोगका बारेमा अभिमुखीकरण गरेका थिए । उनले भान्सामा रहेका जडिबुटीलाई ओैषधिका रुपमा प्रयोग गर्न प्रेरित गरे।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - २०:५१:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology