Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने प्रेस सेन्टर नेपालको चेतावनी

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने प्रेस सेन्टर नेपालको चेतावनी

दैनिकी न्यूज

१६, माघ २०८१
सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने प्रेस सेन्टर नेपालको चेतावनी
images

काठमाडौं । प्रेस सेन्टर नेपालले सरकारले ल्याएको संसदमा दर्ता गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त विधेयक जनयुद्ध र जनआन्दोलनमार्फत आएको संविधानको भावना र मर्म विपरित भएको भन्दै तत्काल फिर्ता लिन चेतावनी दिएको हो ।

Dainikeenews advertise Final Health.jpg

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रतिसंगठनको संगठनको गम्भीर ध्यानाकर्षण भएको संगठनका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘सरकारले गरेको गतिविधि र निर्णय एकपछि अर्को जनआलोचनाको विषय बन्दै गइरहेको बेला हालै राष्ट्रिय सभामा दर्ता गरेको विधेयकमा आमजनताको जीवनको एक अभिन्न अंग बन्दै गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नागरिकको स्वतन्त्रता र संविधानप्रदत्त प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको छ’, महासचिव पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकको दायरा समेत खुम्चिने गरी तथा संविधानको भावना र मर्म विपरीत हुने गरी प्रस्ताव गरिएको यो विधेयक तत्काल फिर्ता गरी पुनरावलोकन गर्न तथा जनतालाई भयको वातावरण सिर्जना नगर्न प्रेस सेन्टर नेपालले माग गरेको छ । माग पूरा नभएमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि सेन्टरले विज्ञप्तीमार्फत चेतावनी दिएको हो ।

images
प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - १७:२०:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology