Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तराईमा हुस्सु

तराईमा हुस्सु

दैनिकी न्यूज

१८, माघ २०८१
तराईमा हुस्सु
images

काठमाडौं । आज बिहान पनि तराईका थोरै स्थानहरुमा हुस्सु कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लागे पनि बाँकी भूभागमा मौसम सफा छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य मात्रै प्रभाव छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

विभागले शनिबार बिहान पनि तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - ०७:३६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology