Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पाँच प्रदेशमा हिमपातको सम्भावना

पाँच प्रदेशमा हिमपातको सम्भावना

दैनिकी न्यूज

२७, माघ २०८१
पाँच प्रदेशमा हिमपातको सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सोही वायुको प्रभावले आज आइतबार तीन प्रदेशमा आंशिक बदली भइरहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लागेको छ ।

Final Advertise aayurberdik.jpg

आज दिउँसो र राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहानीपख तराईमा हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - ०७:०२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology