Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

कोसीमा वर्षा, पाँचवटा प्रदेशमा हिमपात हुने

कोसीमा वर्षा, पाँचवटा प्रदेशमा हिमपात हुने

दैनिकी न्यूज

२८, माघ २०८१
कोसीमा वर्षा, पाँचवटा प्रदेशमा हिमपात हुने
images

काठमाडौं । देशका केही भू-भागका आज वर्षाको सम्भावना छ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा केही क्षेत्रमा वर्षाको सम्भावना रहेको हो ।

Dainikeenews advertise Final Health.jpg

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

Final Advertise aayurberdik.jpg

तराईका थोरै स्थानमा हल्का हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सातवटै प्रदेशमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - ०६:५६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology