Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोसीमा वर्षा, पाँचवटा प्रदेशमा हिमपात हुने

कोसीमा वर्षा, पाँचवटा प्रदेशमा हिमपात हुने

दैनिकी न्यूज

२८, माघ २०८१
कोसीमा वर्षा, पाँचवटा प्रदेशमा हिमपात हुने
images

काठमाडौं । देशका केही भू-भागका आज वर्षाको सम्भावना छ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा केही क्षेत्रमा वर्षाको सम्भावना रहेको हो ।

Dainikeenews advertise Final Health.jpg

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

Final Advertise aayurberdik.jpg

तराईका थोरै स्थानमा हल्का हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सातवटै प्रदेशमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - ०६:५६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology